शनिबार, असार २८, २०८२

फोर्डको 'नेक्स्ट जेनेरेसन र्‍याप्टर' नेपाली बजारमा

अमेरिकी अटोमोवाइल कम्पनी फोर्डको हाई प्रफर्मेन्स पीकअप र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाल आएको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- अमेरिकी अटोमोवाइल कम्पनी फोर्डको हाई प्रफर्मेन्स पीकअप र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाल आएको छ। नेपालका लागि फोर्ड मोटर्सको आधिकारीक वितरका जीओ फोर्डले र्‍याप्टरको नेक्सट जेनेरेशन मोडल नेपाल ल्याएको हो।

सन् २०१० पछि फोर्डले रेन्जर पीकअपको चार जेनेरेशन मोडल बजारमा ल्याएको छ। तर, र्‍याप्टरको भने पहिलो जेनेरेशन सन् २०१९ मा आएको थियो। त्यसको करिब ४ वर्षपछि सन् २०२२ मा दोस्रो जेनेरेशन मोडल आएको हो।

अफरोड प्रयोगको लागि डिजाइन गरिएको र्‍याप्टरमा फोर ह्वील ड्राइभ स्ट्याडर्ड रुपमा आउने गर्छ। यसमा भएको मिड ट्राभल सस्मेन्सन सिस्टम तथा अल टेरेन टायरले अफरोड र अनरोड सबैखाले बाटाहरुमा आरामदायी यात्रा सुनिश्चित गर्छ।

फोर्डले र्‍याप्टर मोडलको पीकअपमा नयाँ डिलाइनको वाइड फेन्डर तथा नयाँ ग्रिल डिजाइनका साथै फोर्डको निलो कलरको लोगोको सट्टामा यसको फ्रन्ट ग्रिलमा ठूलो अक्षरमा फोर्ड लेखिएको हुन्छ।  अत्याधुनिक फिचरहरुबाट सुसज्जित फोर्डको नयाँ जेनेरेशन र्‍याप्टरमा ३.० लिटरको ईकोबुष्ट भिसिक्स पेट्रोल इन्जिन रहेको छ। यसले ३९७ पीएस पावर तथा ५८३ न्यूटन मिटर टर्क जेनेरेट गर्छ। यसमा १० स्पीडको अटोमेटिक ट्रास्मीसन उपलब्ध छ।

र्‍याप्टर पीकअपको लम्बाई ५३६० एमएम, उचाई १९२६ एमएम र चौडाई २०२८ एमएम छ। यसमा ३२७० एमएम लामो ह्वीलवेस पाउन सकिन्छ। १७ इन्चको अलोय ह्वील रहेको र्‍याप्टरको ग्राउण्ड क्लियरेन्स २७२ एमएम भने यसले २.५ टनसम्मको तौल बोक्न र ८५० एमएम गहिरो पानीमा समेत गुडाउन सकिन्छ।

विभिन्न ७ थरीको ड्राइभ मोड उपलब्ध रहेको र्‍याप्टरमा स्टेरिङ मोड पनि तीन फरक तरिकाले छनौट गर्न सकिन्छ। जीओ फोर्डले नेपाली बजारमा २ करोड १५ लाख मूल्य तोकेर विक्री सुरु गर्दैछ।

फोर्डले नयाँ र्‍याप्टरमा अफरोड क्रूज कन्ट्रोल, इलेक्ट्रोनीक ब्रेकिङ बुस्टर, १२ इन्चको पोर्टेड टचस्कृन इन्फोटेन्मेन्ट, १२.४ इन्चको कस्टुमाइज डिजिटल क्लष्टर, मल्टीफङ्सनल स्टेरिङ ह्वील, प्याडल सिफ्टर, ३६० डिग्री क्यामरा, इलेक्ट्रीक पार्किङ ब्रेक, वायरलेस चार्जर आदि फिचरहरु रहेका छन्।

प्रकाशित: Nov 15, 2022| 16:03 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्