काठमाडौं- एभरेष्ट बैंकले झापाको धुलाबारीमा १२१ औँ शाखा सुरु गरेको छ। शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका थिए। योसँगै प्रदेश १ मा बैंकको शाखा सञ्जाल १८ पुगेको छ।
सोही अवसरमा बैंकले मेचीनगर नगरपालिकाको फोहोर व्यवस्थापनको सहयोगका लागि नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीलाई ५० थान डस्टबिन हस्तान्तरण गरेको छ।
बैंकका १२१ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५६ एटीएमसहित मोबाइल बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ।