शनिबार, असार २८, २०८२

सीतापाइलामा सानिमा बैंकको शाखा विस्तार

सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- सानिमा बैंकले शुक्रबार काठमाडौंको सितापाइलामा नयाँ शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रूपमा गरे। 

उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले बैंकले यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्दै ग्राहकहरूले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए। त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालय र १२२ वटा एटिएम सञ्चालनमा रहेका छन्। 


प्रकाशित: Nov 15, 2022| 15:39 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्