काठमाडौं- केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार पनि बढेको छ। सोमबारको तुलनामा आज तोलामा एक हजारले बढेर सुनको मूल्य ९८ हजार नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकेको छ।
बिहेको सिजन सुरु हुन लाग्दै गर्दा सुन महँगिएको छ। दुई सातामै सुनको मूल्य ५ हजार १ सय बढेको छ। कात्तिक १५ गते प्रतितोला ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।
गत वर्षको फागुनमा सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले नेपालमा प्रभाव परेको महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ३० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ ।