शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा कायम गरेको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२८ रुपैयाँ ९८ पैसा र बिक्री दर १२९ रुपैयाँ ५८ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ६७ पैसा र बिक्री दर १५३ रुपैयाँ ३८ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३६ रुपैयाँ ९४ पैसा र बिक्री दर १३७ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८६ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७५ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ २९ पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ४७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Nov 14, 2022| 07:14 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्