शनिबार, असार २८, २०८२

नेपाल टेलिकमले ल्यायो निर्वाचन अफर

नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै पाउनका लागि निर्वाचन अफर उपलब्ध गराएको छ।
 |  आइतबार, कात्तिक २७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २७, २०७९

काठमाडौं- नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै पाउनका लागि निर्वाचन अफर  उपलब्ध गराएको छ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ। डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ रुपैयाँ मा उपलब्ध छ। यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ रुपैयाँ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ।

यो अफर आज (कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ पाउने अपेक्षा कम्पनीले राखेको छ।

प्रकाशित: Nov 13, 2022| 13:09 आइतबार, कात्तिक २७, २०७९
प्रतिक्रिया दिनुहोस्