काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका नुसार आज सुन तोलामा ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँ पुगेको हो।
पछिल्लो समय सुनको मूल्य लगातार बढिरहेको छ। मूल्य अझै बढ्ने अनुमान रहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको पनि आज भाउ बढेको छ। तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।