शनिबार, असार २८, २०८२

पिपुल्स हाइड्रोपावरले खुलायो आईपीओ

पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आज शुक्रबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ निष्कासन गरेको हो।

जसमा २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता कर्मचारी र बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ। जसमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त अवधिमा माग अनुसार आवेदन नपरे मंसिर ९ गतेसम्म आवेदन दिन ससकिने कम्पनीले जनाएको छ। आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Nov 11, 2022| 10:47 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्