काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ६ पैसा र बिक्री दर १३१ रुपैयाँ २ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ६८ पैसा र बिक्री दर १४९ रुपैयाँ ३६ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १५ पैसा र बिक्री दर १३२ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ५३ पैसा र बिक्री दर ८३ रुपैयाँ ९२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८२ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०१ पैसा र बिक्री दर १८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ७२ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ९१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४७ पैसा र बिक्री दर ९ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर