बुधबार, वैशाख १७, २०८२

आज प्रदेश १ मा सार्वजनिक बिदा

कात्तिक २५ गते नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८औं जन्म जयन्ती हो। प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

फिदिम- कात्तिक २५ गते नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८औं जन्म जयन्ती हो। प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ। 

विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिनु भएका फाल्गुनन्दलाई समाज सुधारकका रूपमा लिइन्छ। १९८८ साल वैशाख २४ गते पाँचथरको शिलौतीमा पूर्वी नेपाल अन्तरगत १० लिम्बुवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए।

सत्य धर्म मुचुल्कामा छोरी छोरीलाई समान शिक्षा र अंशबन्डा दिने लिने हक कायम गर्ने गराउनु पर्ने उल्लेख छ। सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गनुपर्छ। 

छोरीहरू देवीमाता हुन उनीहरूको बिहे गर्दा कुटुम्बवाट रीत लिनु पनि पाप हो। उनीहरूलाई दिइने दाइजोको सट्टा शिक्षा दिक्षा राम्ररी दिएर स्वलम्वि बनाइदिनु उत्तम जस्ता महत्त्वपूर्ण बुँदा  सत्यधर्ममा उल्लेख छन्।

उनले २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ति भएर १३ वर्ष नोकरी पनि गरेका थिए। नोकरीबाट फर्केपछि उहाँले पाँचथर,इलाम,ताप्लेजुङ,भुटान र तेह्रथुमाका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सांस्कृतिक अभियानमार्फत ज्ञानको ज्योति पर्बाह गर्न थालेको पाइन्छ। उनले किराँत धर्म हाङ साम्योको थालनी गरेका थिए। जसलाई फाल्गुनन्द पन्थ भनिन्छ।

Metro Mart
worldlink

उनको निधन २००५ साल चैत २२ गते भयो। उनलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको छ।

प्रकाशित: Nov 11, 2022| 07:41 शुक्रबार, कात्तिक २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।