शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६ पैसा कायम गरेको छ।
 |  बिहीबार, कात्तिक २४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३० रुपैयाँ ६९ पैसा र बिक्री दर १३१ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ९३ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ २३ पैसा र बिक्री दर ८४ रुपैयाँ ६२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १२ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १७ रुपैयाँ ९४ पैसा र बिक्री दर १८ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४६ पैसा र बिक्री दर ३५ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८४ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ५१ पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Nov 10, 2022| 07:41 बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्