शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सेगवेको ई११०एल स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

सेगवेको ई११०एल स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

सेगवे–नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक गरेको छ। यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीले बताएको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- सेगवे–नाइनबोटले नेपालमा इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर सेगवे ई११०एल सार्वजनिक गरेको छ। यो स्कुटर मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर भएको कम्पनीले बताएको छ। 

यसमा विभिन्न इण्डष्ट्री लिडीङ उत्कृष्ट फिचरहरू समावेश गरिएकोले यसले प्रभावशाली प्रदर्शन प्रदान गर्छ। यसमा २४०० वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमता रहेकाले ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ।

यो स्कुटरमा सञ्चालन इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टेलबक्सहरू सहित १०० प्रतिशत कीलेस छ। यसले लन्चर एप र एड्मीन ड्यासबोर्डसँग कार्य गर्छ। जसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ।

यसमा भएको ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको फाइदा लिएर असामान्य समाधानका साथ सवारलाई सचेत गराउने कम्पनीले बताएको छ। 

यसको इलेक्ट्रोनिक पार्किङ मेकानिजमले चलिरहेको अवस्थामा अनपेक्षित रूपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्छ। त्यस्तै, यसमा भएको इन्टेलिजेन्ट इलेक्ट्रोनिक प्रणालीले आवश्यकता र व्यक्तित्व अनुरूप वाहन अडियो प्रणाली अनुकूलन गर्छ।

कम्पनीका अनुसार यसमा भएको सेल्फ–डेभलप्ड ब्याट्री व्यवस्थापन प्रणालीले असामान्य तापक्रम सुरक्षा, भोल्टेज सुरक्षा, हट प्लग सुरक्षा र ओभर चार्ज सुरक्षा लगायतका फाइदाहरू प्रदान गर्दछ। 

यो स्कुटरले फोन होल्डर र मिररलाई सुरक्षित गर्न र अनाधिकृत चालहरू रोक्नको लागि ई–लक सुविधा दिन्छ र पार्किङ गरेपछि तुरुन्तै सवारी साधनलाई सहज रूपमा लक गर्न सकिने समेत कम्पनीले बताएको छ।

प्रकाशित: Nov 09, 2022| 17:04 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्