शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • दराज ११:११ अफरमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने

दराज ११:११ अफरमा ग्लोबल आइएमई बैंकका ग्राहकले छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११:११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

काठमाडौं- ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११:११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन्। छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरुले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ। यो योजना नोभेम्बर ११ देखि सिमित अवधिको लागि रहने बैंकले जनाएको छ।


प्रकाशित: Nov 09, 2022| 17:01 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्