काठमाडौं- आइएमई ग्रुपले दसैं–तिहारमा एक सयभन्दा बढी राफ्ट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। आइएमईद्वारा प्रवद्र्धित आइएमई इलेक्ट्रिकले चाडपर्वमा माग बढेअनुरुप सयभन्दा बढी बिक्री गरिएको कम्पनीले जनाएको छ।
राफ्ट मोटर्समा ६ वटाभन्दा बढी मोडलका इलेक्ट्रिक स्कुटरहरू छन्। जसको दायरा एकैपटक चार्जमा ३ सय २० किलोमिटरसम्म पुग्ने आइएमईद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
पेट्रोल स्कुटरको तुलनामा राफ्ट इलेक्ट्रिक स्कुटर चलाउन प्रति किलोमिटर ३० पैसाभन्दा कम खर्च हुने तथा तीन वर्षभित्र उपभोक्ताले करिब दुई लाख पचास हजाररुपैयाँ बचत गरी व्यावहारिक रूपमा स्कुटरको लगभग पूरा लागत फिर्ता हुने सम्भावना रहेको कम्पनीको दाबी छ।