काठमाडौं– सरकारले यस वर्षका लागि धानको न्यूनतम मूल्य तोकेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले गत वर्षभन्दा क्विन्टलमा २२६ रुपैयाँ बढाएर धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयले जानकारी दिएको हो।
आर्थिक वर्ष २०७९÷८० का लागि मोटो धानप्रति क्विन्टल २ हजार ९६७ र र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाशकुमार सञ्जेलले बताए।
यो वर्ष तोकिएको मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल २१५ र मध्यम धानमा २२६ रुपैयाँले बढी हो। आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ।