मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • स्वतन्त्र उम्मेदवार गिरि भन्छन् – जनतालाई रेल होइन, सामान्य कुराहरु चाहिएको छ

स्वतन्त्र उम्मेदवार गिरि भन्छन् – जनतालाई रेल होइन, सामान्य कुराहरु चाहिएको छ

गिरि यतिबेला आफैंले देखेका जनताका सामान्य आवश्यकताका एजेण्डा बोकेर घैरदैलो अभियानमा जुटेका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं– गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका चर्चामा रह्यो। स्वतन्त्र उम्मेदवार बालेन शाहको जबर्जस्त उपस्थितिले पुराना खारिएका दललाई चुनौती दियो। त्यो समयमा बालेनको चर्चा त रह्यो नै, सँगै चर्चाको विषय बन्यो ‘बालेन चश्मा’। बालेनले लगाउने चश्माको ब्राण्डिङ गर्दै कतिले त व्यापार पनि सुरु गरे। हेर्दा त्यसैको डुप्लिकेट जस्तो देखिने चश्मा आँखामा झुण्डाएर, शिरमा गोर्खे क्रस खुकुरी अंकित कालो टोपी लगाएर यतिबेला कास्की–२ मा भोट माग्दै हिँडिरहेका छन् स्वतन्त्र उम्मेदवार ऋगेन्द्र नेपाली गिरी। 

गिरि यतिबेला आफैंले देखेका जनताका सामान्य आवश्यकताका एजेण्डा बोकेर घैरदैलो अभियानमा जुटेका छन्। नेकपा एमालेकी विद्या भट्टराई, नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल र राप्रपाका सुवर्णराज पन्तलगायत १६ जना प्रतिस्पर्धीबीच गिरि जनतालाई दैनिक जीवनका सामान्य आवश्यकताका विषयलाई आफ्ना मुख्य एजेण्डा बनाएर चुनावमा गएका छन्। कास्की–२ मा आफ्नो राम्रो माहोल बन्दै गएको र परिवर्तनका लागि सोच र भोट बदल्नैपर्ने धारणा उनको छ। यद्यपि, युवा र स्वतन्त्र आउँदैमा परिवर्तन भइहाल्ने विश्वास भने उनको छैन। उनी भन्छन्, ‘राजनीति युवासँग जोडेर मात्रै परिवर्तन हुन्छ भन्ने होइन, उत्पादनशील युवासँग जोड्नुपर्छ।’ तर युवा सधैँ उत्पादनशील हुने विश्वास उनको छ, त्यसैले अबको राजनीतिमा युवाको हस्तक्षेप हुनुपर्ने विचार उनको छ।

‘नेपाल बन्छ, जब नेपालमै बन्छ’ नाराका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएका उनका मुख्य एजेण्डा नेपालमै उत्पादित वस्तुको प्रयोग गर्ने र रोजगारीका लागि विदेशिरहेका युवालाई रोक्ने हुन्। अहिले जनतालाई सामान्य कुराहरु चाहिएकाले जहाज, पानीजहाज, रेललगायत जनताले नचाहेको बुझाइ उनको छ।

‘विकासका लागि निशर्त भौतिक पूर्वाधारको विकास आवश्यक छ, तर त्योभन्दा पहिले जनताले दिनहूँ भोगिरहेका सास्तीको अन्त्य हो,’ उनी भन्छन्, ‘जनताले सामान्य विकास चाहेका छन्, रेल होइन, नगरपालिका आउँदा सहज काम होस्, मन्त्रालयमा अल्झिरहेका फाइलहरु किन अल्झिरहेका छन् भन्ने जानकारी होस् यस्तै सामान्य झन्झटको अन्त्य प्रमुख एजेण्डा हो।’ अहिलेका राजनीतिक दलका कारण जनताहरु ‘मास फ्रस्टेसन’मा गएको र पुराना दलबाट परिवर्तनको अपेक्षा गर्न नसकिने उनको भनाइ छ। महत्वकांक्षी योजना उनको घोषणापत्रमा छैनन्। ‘भोटका लागि जे पनि भनिदिने र चुनावपछि बिर्सिएर राष्ट्रको सम्पत्ति दोहन गर्ने परिपाटीको विकास भएको छ,’ उनले भने, ‘त्यसैले पनि यो गलत संस्कृतिको विरुद्ध मैले उम्मेदवारी दिएको हुँ।’ 

स्थानीय स्रोतसाधनको प्रयोग स्थानीय स्तरमै गर्नुपर्ने उनको भनाइ छ। ‘मैले सामान्य पढलेख गर्नसक्नेदेखि पीएचडी गरेकासम्म सबैले बुझ्ने सरल भाषामा एजेण्डा बनाएको छु,’ उनले भने, ‘मलाई होइन, ती एजेण्डा हेरेर एजेण्डालाई जनताले भोट गरुन् भन्ने मेरो चाहना हो। अहिले राजनीतिक पहुँचको आधारमा जंगल, पानी र सार्वजनिक स्थल सबैको दोहन भएको बताउँदै तिनको जनताले नै विवेकपूर्ण तरिकाले प्रयोग गर्नेगरी कानून निर्माण गर्न आवाज उठाउने उनले बताए।

Metro Mart
worldlink

चुनावमा उठ्नुअघि गिरीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग गर्नुपर्ने, गाँजा खेती वैधानिक गर्नुपर्ने, युवाहरु विदेश पलायन हुनुबाट रोक्नुपर्ने अभियान चलाइरहेका थिए। आफूले चुनाव जिते यी तीनै विषयालाई संसद्मा सशक्त रुपमा आवाज उठाउने उनले बताए।

प्रकाशित: Nov 08, 2022| 13:10 मंगलबार, कात्तिक २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।