मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी र जनसंगठन नै एमालेमा समाहित

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी र जनसंगठन नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ। जुम्ला जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

सुर्खेत- नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ। जुम्ला जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ।

मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा देशी विदेशी पश्चगामी शक्तिहरूले अप्राकृतिक गठबन्धन र घेराबन्दी गरी नेपालको बामपन्थी आन्दोलनलाई कमजोर बनाउने भूमिका खेलिरहेकाले त्यसको सशक्त प्रतिवाद गर्दै नेकपा (एमाले) लाई बलियो बनाउने साझा प्रतिबद्धताका साथ एमालेमा समाहित भएको एकीकृत समाजवादी जिल्ला कमिटी जुम्मले जनाइएको छ।  

एमाले जुम्ला जिल्ला कमिटीका अध्यक्ष शान्तिलाल महत र नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटीका अध्यक्ष आदीप्रसाद न्यौपानेले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै समाहित भएको घोषणा गरेका छन्। पार्टी विभाजनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको हुँदा एकीकृत भई अगाडि बढ्ने  निर्णयमा पुगेको उनीहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

दुई अध्यक्षले सातबुँदे विज्ञप्ति जारी गर्दै समृद्ध नेपाल सुखी नेपालीको साझा लक्ष्यमा पुग्न आगामी निर्वाचनमा नेकपा (एमाले) लाई विजयी बनाई सरकार गठन गर्ने वातावरण बनाउन सहमत भई समाहित भएको जनाइएको छ। 

एमालेमा समाहित भएका नेकपा एसका पार्टी संगठन, जनवर्गीय संगठनका नेताकार्यकर्ताहरूलाई आपसी समझदारीका आधारमा सम्मानजनक जिम्मेवारी दिने गरी एकीकरण गरिएको विज्ञप्तिमा जनाइएको छ। 

Metro Mart
worldlink

संयुक्त विज्ञप्तिमा देशभरका देशभक्त,राष्ट्रवादी, प्रगतिशील, बामपन्थी कार्यकर्ता र नेकपा एसका कार्यकर्तालाई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले) मा समाहित हुन पनि आह्वान गरिएको छ। यता नेकपा एकीकृत समाजवादीले पार्टीविरुद्ध गतिविधि गरेको भन्दै पाँचजनालाई कारबाही गरेको जनाएको छ। 

पार्टीबाट निष्कासित हुनेमा देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावल रहेका छन्। उनीहरूले पार्टी विरोधी शक्तिहरुसँग साँठ-गाँठ गर्दै, पार्टीविरुद्ध षडयन्त्रमा संलग्न रहेको समाजवादीको ठहर छ।

प्रकाशित: Nov 08, 2022| 09:32 मंगलबार, कात्तिक २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।