काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३० रुपैयाँ ५८ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५२ पैसा र बिक्री दर ८४ रुपैयाँ ९१ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३९ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०९ पैसा र बिक्री दर १८ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९६ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ७६ पैसा र बिक्री दर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ७२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३८ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर