बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जनतासँगै रहेर काम गर्ने वाचासहित चुनावी मैदानमा मोरङ–३ का स्वतन्त्र उम्मेदवार शर्मा

जनतासँगै रहेर काम गर्ने वाचासहित चुनावी मैदानमा मोरङ–३ का स्वतन्त्र उम्मेदवार शर्मा

घरदैलो कार्यक्रममा व्यस्त रहेका शर्माले आफ्ना ९ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार नारायण शर्माले आफ्नो चुनावी प्रचारप्रसारलाई तिव्रता दिएका छन्।

यस क्षेत्रमा सत्ता गठबन्धनबाट सुनिल शर्मा, नेकपा एमालेबाट भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापाले उम्मेदवारी दिएका छन्। यद्यपि स्वतन्त्र उम्मेदवार शर्मा आफ्नो जित सुनिश्चित रहेको बताउँदै चुनावी कार्यक्रममा व्यस्त छन्। घरदैलो कार्यक्रममा व्यस्त रहेका शर्माले आफ्ना ९ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेका छन्। यस क्षेत्रका जनतासँग निरन्तर रुपमा साथमा रहँदै सार्वजनिक नीति निर्माण र यस क्षेत्रको विकास निर्माणका लागि महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरेका छन्।

आगामी प्रतिनिधिसभा सदस्यमा यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गरेमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विषय विज्ञका आधारमा १५ सदस्यीय मन्त्रिपरिषद्, समानुपातिक प्रणाली व्यवस्था खारेजी, गरिबलाई आरक्षणको व्यवस्था, राजनीतिक–आर्थिक–समाजिक र सांस्कृतिक विभेदको अन्त्य, लोकतान्त्रिक व्यवस्था, शुसासन तथा विधिको शासन स्थापित गर्न खरो रुपमा पैरवी गर्ने शर्माले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन्। 

केन्द्र र स्थानीय सरकारसँग आवश्यक समन्वय गरेर यस क्षेत्रलाई समृद्ध बनाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने शर्माले बताएका छन्। एक पटक सांसद निर्वाचित भएर गएपछि ५ वर्षसम्म निर्वाचन क्षेत्रमा नआउने परिपाटीको अन्त्य गर्ने उनले बताए। अघिल्लो निर्वाचनमा मोरङ–३ बाट निर्वाचित सांसद भानुभक्त ढकाल स्वास्थ्य मन्त्री तथा पर्यटन मन्त्री भए पनि यस क्षेत्रको विकास निर्माणमा उनले ध्यान नदिएको उनले आरोप लगाए। पाँच वर्षसम्म निर्वाचन क्षेत्र टेक्दै नटेकेका ढकाल निर्वाचनको समयमा मात्रै झुल्किएको उनको आरोप छ। 

शर्माले भने,  ‘निर्वाचनका बेलामात्रै नेताहरु निर्वाचन क्षेत्रमा आउने गरेका छन्। जनताको खुसदुःखबारे उनीहरुलाई ज्ञानै हुँदैन। यसअघिका सांसद भानुभक्त ढकाल यस्तै नेताभित्र पर्छन्। यस क्षेत्रमा आएर जनताको सुखदुःख र विकास निर्माणका बारे चासो नराखेको जनताको गुनासो छ। कोभिड १९ जस्तो महामारीका बेला समेत उनी क्षेत्रमा आउन सकेनन्। मंसिर ४ मा हुने निर्वाचनमा जनताले मलाई निर्वाचित गरेमा म सधैं जनताको बीचमा रहेर काम गर्नेछु।’

Metro Mart
worldlink

२०२४ सालमा संखुवासभामा जन्मिएका शर्मा लामो समयदेखि यसै क्षेत्रमा बसोबास गर्दै आएका छन्। भारतको वाराणसीबाट शास्त्री तहसम्मको अध्ययन गरेका शर्मा संस्कृत भाषाका विज्ञ समेत हुन्। उनले हिन्दू धर्मसँग सम्वन्धित ३६ वटा पुस्तकको नेपाली भाषामा भावानुवाद गरेका छन्। 

प्रकाशित: Nov 07, 2022| 13:22 सोमबार, कात्तिक २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।