काठमाडौं- ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ। ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
आइतबार उक्त सम्झौतामा हस्ताक्षर भएको छ। बैंकले ११.२५ प्रतिशत ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।