शनिबार, असार २८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा कायम गरेको छ।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ७४ पैसा र बिक्री दर १५० रुपैयाँ ४२ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ११ पैसा र बिक्री दर ८५ रुपैयाँ ५ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ०९ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९८ पैसा र बिक्री दर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३२ पैसा र बिक्री दर १८ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०२ पैसा र बिक्री दर ३५ रुपैयाँ १८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ८५ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Nov 07, 2022| 07:01 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्