आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटनमा उत्साह : अक्टोबरमा मात्रै नेपाल घुम्न आए ८८ हजार बढी पर्यटक

पर्यटनमा उत्साह : अक्टोबरमा मात्रै नेपाल घुम्न आए ८८ हजार बढी पर्यटक

अक्टोबरमा कोरोना महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा ८८ हजार ५८२ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरण।
 |  शनिबार, कात्तिक १९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १९, २०७९

काठमाडौं– नेपाल पर्यटन बोर्डले पछिल्लो १० महिनामा नेपालमा झन्डै ५ लाख विदेशी पर्यटक नेपालमा भ्रमणका लागि आएको विवरण सार्वजनिक गरेको छ। अक्टोबरमा कोरोना महामारी सुरु भएयताकै सर्वाधिक संख्यामा पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले बताएको छ।

बोर्डको तथ्यांकअनुसार अक्टोबरमा ८८ हजार ५८२ जना पर्यटक नेपाल आएका थिए। सेप्टेम्बरमा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। जनवरीदेखि अक्टोबरसम्म कुल ४ लाख ७३ हजार ५६३ पर्यटक नेपाल भित्रिएका हुन्।

अक्टोबरमा भारत र अमेरिकाबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। भारतबाट १६ हजार ९१० पर्यटक आएका छन्। अमेरिकाबाट यस महिनामा ११ हजार ८५९ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्।

बेलायतबाट ७ हजार ११७, जर्मनीबाट ४ हजार ९३५, फ्रान्सबाट ४ हजार ९२९, अस्ट्रेलियाबाट ३ हजार ९४६, बंगलादेशबाट २ हजार ७२० जना पर्यटक अक्टुबरमा नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।

प्रकाशित: Nov 05, 2022| 11:24 शनिबार, कात्तिक १९, २०७९
प्रतिक्रिया दिनुहोस्