आइतबार, असार २९, २०८२

यूएसएआईडी ट्रेडसँग एनएमबि बैंकको समझदारी

एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- एनएमबि बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ, जलवायु फाइनान्सिङ र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ ।

यस सहकार्य अन्तर्गत बैंकले दीगो रूपमा लघु, साना र मझौला व्यवसायहरुका लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन सघाउने बैंकको विश्वास छ ।

बैंकका अनुसार यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो  । जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, पिछडिएका वर्गका लागि दीगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउन, विश्वव्यापी पूँजीकरण एकीकृत गर्न सक्षम बनाउन सघाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: Nov 04, 2022| 11:29 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्