आइतबार, असार २९, २०८२

एफवान सफ्टले विकास गर्‍यो युज मोबाइल डटकम

एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ डटकमको सुरुवात गरेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- एफवान सफ्ट इन्टरनेशनले युज मोबाइल बैंकिङ डटकमको सुरुवात गरेको छ। 

यस वेबसाइटले मोबाइल बैंकिङसँग परिचित गराउन थप मद्दत गर्ने कम्पनीले जनाएको छ। वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाइटमा गएर आफ्नो मोबाईल बैंकिङ प्रयोगको ट्युटोरियल (सन्दर्भ सामाग्री) हेर्न सक्छन् । 

वेबसाइटमा मोबाइल बैंकिङ सम्बन्धी नवीनतम तथ्य, तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनलद्वारा मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ । 

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले मोबाइल बैंकिङको ठूलो सम्भावना रहेको बताउँदै कम्पनी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढी परिचित गराउन लागिपरेको बताए। 


प्रकाशित: Nov 04, 2022| 11:28 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्