आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा कायम गरेको छ।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ३२ पैसा र बिक्री दर १३२ रुपैयाँ ९२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२८ रुपैयाँ ९९ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ७९ पैसा र बिक्री दर १४९ रुपैयाँ ४७ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ १४ पैसा र बिक्री दर ८३ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ५० पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९२ पैसा र बिक्री दर ८ रुपैयाँ ९६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ०८ पैसा र बिक्री दर १८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ २१ पैसा र बिक्री दर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Nov 04, 2022| 06:58 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्