मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • बालकृष्ण खाण: ०७४ मा जसका लागि भोट मागेका थिए, अहिले उनै मुख्य प्रतिस्पर्धी

बालकृष्ण खाण: ०७४ मा जसका लागि भोट मागेका थिए, अहिले उनै मुख्य प्रतिस्पर्धी

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागिपरेका छन्।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

रुपन्देही- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका उम्मेदवार मतदाता रिझाउन लागिपरेका छन्।

पार्टीका एजेण्डासहित घरघरमा पुगेर गठबन्धनका साझा उम्मेदवार बालकृष्ण खाण र एमालेका नेता दीपक बोहोरा मतदातासँग मत मागिरहेका छन्। रुपन्देहीका राजनीतिक दलका उम्मेदवार जिल्लाको विकासलाई नै प्रमुख एजेण्डा बनाएर घरदैलोमा जुटेका हुन्। 

जिल्लालाई विकासको 'रोल मोडल'बनाउने प्रतिबद्धतासहित उम्मेदवार मतदातामाझ पुगेका छन्। सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार निर्वाचन क्षेत्रमात्र नभई जिल्लालाई मुलुककै विकासको मुख्य केन्द्र बनाउने प्रतिबद्धतासहित चुनावी मैदानमा छन् भने नेकपा (एमाले) का उम्मेदवार पनि पूर्वाधार र मानवीय विकासका दृष्टिले रुपन्देहीलाई विकासको नमुना जिल्ला बनाउने भन्दै मतदातासँग मत मागिरहेका छन्। जिल्लामा एमालेले राप्रपा र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेको छ।

मन्त्री भइसकेका विभिन्न पार्टीका प्रभावशाली नेता चुनावी मैदानमा रहेकाले पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देही यतिबेला चर्चामा छ। पाँच दलीय गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन्। खाणसँग पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा प्रतिस्पर्धामा रहेका छन्। 

२०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाबीच गठबन्धन थियो भने राप्रपाका बोहरा कांग्रेसको समर्थनमा चुनाव लडेका थिए। त्यसबेला बोहोरालाई जिताउन हलो चिह्नमा मत माग्दै हिँडेका खाण अहिले बोहोराकै प्रतिस्पर्धी छन्। खाण २०७४ मा समानुपातिकतर्फबाट उम्मेदवार भएका थिए। उनले रुपन्देहीको विकासमा आफ्नो पनि भूमिका रहेकाले यस पटक पनि साथ दिन मतदातासँग आग्रह गरेका छन्।

Metro Mart
worldlink

पञ्चायतकालमा चारपटक र गणतन्त्रपछि तीनपटक मन्त्री भइसकेका ७२ वर्षका बोहोराले यसपटकको चुनाव आफ्ना लागि अन्तिम भएको बताए। बोहोराले राष्ट्रियताको रक्षा, रुपन्देहीको विकास र र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन्। बोहोरा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा चुनावी मैदानमा उत्रिएका छन्। खाण भने सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी (लोसपा) का साझा उम्मेदवार रहेका छन्।

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं १ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका बोहोरा २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन २ नम्बर क्षेत्र (हाल ३) मा कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भएका थिए। बोहोरा २०७४ मा रुपन्देही ३ मा एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए।

प्रकाशित: Nov 02, 2022| 12:43 बुधबार, कात्तिक १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।