मंगलबार, वैशाख १६, २०८२

कास्की-३ मा 'जीवन' र 'बैरागी'बीच कडा प्रतिस्पर्धा

दुवै उम्मेदवार खाता खोल्ने दाउमा हुनेछन्। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन्।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

कास्की- आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ ले नयाँ जनप्रतिनिधि पाउने पक्का छ। यसभन्दा अघि निर्वाचित सांसदले टिकट नपाएपछि यस क्षेत्रले नयाँ प्रतिनिधिसभा सदस्य चयन गर्नेछ।  

कास्की- ३ मा सत्ता गठनबन्धनबाट नेकपा (माओवादी केन्द्र ) का रामजीप्रसाद बराल 'जीवन' र नेकपा (एमाले)का दमोदर पौडेल 'बैरागी'बीच प्रतिस्पर्धा हुने देखिएको छ। मंसिर ४ गते हुने निर्वाचनमा दुवै उम्मेदवारले खाता खोल्ने दाउमा हुनेछन्। एमालेको तर्फबाट पौडेल एक्लै चुनावी मैदानमा होमिएका हुन् भने बराल लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन्। 

सिट बाँडफाँटमा कास्कीमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजपादी र माओवादीले एक/एक सिट पाएको थियो। सोहीअनुसार माओवादीले बराललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो। बराल गण्डकी प्रदेश सरकारको अर्थ मन्त्री हन्। बराल प्रतिनिधिसभामा पहिलोपटक जाने प्रतिष्पर्धामा छन्  भने पौडेल पनि पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन्।

सो क्षेत्रमा यसअघि एमालेका जगतबहादुर विश्वकर्मा विजयी भएका थिए। विसं २०७४ मा उनले माओवादीको साथ पाएर चुनाव जितेका थिए। उनले कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका थिए। त्यसबेला विश्वकर्माले ३२ हजार छ सय ९० मत ल्याएर जित्दा शर्माले २४ हजार तीस सय चार मत ल्याएका थिए।  करिब आठ हजार तीस सय मतान्तर रहेको आँकडालाई विश्लेषण गर्दै एमालेले यो पटक पनि चुनाव जित्ने दाउमा छ। 

आसन्न निर्वाचनमा एमाले विगतको विरासत जोगाउने कसरत गर्नेछ तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन। अहिलेको निर्वाचनमा भने समीकरण बदलिएको छ। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भए भने एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बनेको छ। अहिलेको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ।

Metro Mart
worldlink

यस निर्वाचन क्षेत्रमा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकासहित पोखरा महानगरपालिकाका १, २, ३, ५, ६, १८, १९, २३, २४, २५ र २६ गरी ११ वडा पर्दछन्। यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा अन्नपूर्णमा एमाले र माछापुच्छ्रेमा कांग्रेसले जितेको छ।  महानगरको ११ वडामध्ये तीन वडा एमालेले सात वडा कांग्रेस र एउटा वडा स्वतन्त्रले वडाध्यक्ष पदमा  जितेका थिए। 

स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले एमाले ठूलो दल देखिन्छ भने सत्ता गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र समेतको मत जोड्दा गठबन्धन केही मतले अघि देखिन्छ।  स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २९ हजार आठ सय पाँच मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार आठ सय ४६ मत प्राप्त गरेका थिए। यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले दुई हजार चार सय र एकीकृत समाजवादीका वडाध्यक्षले पाँच सय एक मत पाएका थिए। 

कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेको यस क्षेत्रमा प्रदेशसभा (क) मा ५२ हजार आठ सय ६२ र प्रदेशसभा (ख) मा ४८ हजार आठ सय ५३ मतदाता छन्। यस निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १५ उम्मेदवार प्रतिस्पर्धामा रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क) मा सात जना र (ख) मा छ जना चुनावी प्रतिस्पर्धामा छन्।  

प्रकाशित: Nov 02, 2022| 12:12 बुधबार, कात्तिक १६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।