काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रूपैयाँले बढेर ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै आज तेजाबी सुन तोलामा पाँच सय रूपैयाँले बढ्दै ९३ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको महासंघको जनाएको छ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रूपैयाँले बढेको छ। आज चाँदी प्रतितोला एक हजार २ सय २५ रूपैयाँमा कारोबार भइरहे छ।