आइतबार, असार २९, २०८२

घट्यो सुन आयात

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको छ। 

आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागको तथ्यांक छ।

उक्त परिमाणमा सुन र सुनका गहना आयात गर्दा नेपालबाट ६ अर्ब २८ करोड ६ लाख ५१ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५६.२२ केजी कम सुन आयात गरेको छ। 

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले ५ अर्ब ८ करोड १५ लाख १२ हजार रुपैयाँ कमको सुन आयात गरेको थियो। 

विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालमा विभिन्न देशबाट ११ अर्ब ३६ करोड २१ लाख ६३ हजार रुपैयाँको १ हजार ६८० केजी सुन र सुनका गहना आयात गरिएको थियो ।

पछिल्लो तीन महिनामा नेपालले युनाइटेड अरब इमिरेट्सबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन आयात गरेको विभागको भनाइ छ।  

यस्तै सोही अवधिमा क्यानडाबाट ४ करोड २४ लाख ६० हजार रुपैयाँ, हङकङबाट ३१ करोड ७४ लाख ७५ हजार रुपैयाँ, जापानबाट ४ करोड ३८ लाख २४ हजार रुपैयाँ, कतारबाट ८२ लाख ३६ हजार रुपैयाँ र बेलायतबाट ५ करोड २४ लाख ४४ हजार रुपैयाँको सुनका गहना नेपाल भित्रिएका छन्।

प्रकाशित: Nov 01, 2022| 13:02 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्