बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • 'एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई मन्त्री कार्कीको चुनौती

'एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई मन्त्री कार्कीको चुनौती

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

सुनसरी- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘एजेन्डा’सहित खुल्ला बहसका लागि आउन विपक्षी उम्मेदवारलाई चुनौती दिएका छन्। 

सुनसरीमा आइतबार सञ्‍चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री कार्कील विपक्षी दलका उम्मेदवारप्रति लक्षित गर्दै व्यक्तिगत लाञ्छना लगाउने कार्य तत्काल बन्द गरेर एजेन्डासहित खुल्ला बहसका लागि आउन चुनौती दिए। 

चुनावी एजेन्डा नभएका केही उम्मेदवारले सुनसरी क्षेत्र नं ४ मा आफ्नो पहल र प्रयासमा भएको विकास निर्माणका कार्य देखेर आत्तिएको र डराएकोसमेत उहाँले बताउनुभयो। कोरोना महामारीका बाबजुद आफ्नो पहल र प्रयासले भएको विकास निर्माणबाट विपक्षी हतोत्साहित भएको उनको भनाइ थियो। 

लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नं ४ का उम्मेदवारसमेत रहनुभएका मन्त्री कार्कीले मङ्सिर ४ गते हुने निर्वाचनमा आफ्नो प्रतिस्पर्धी कोही नभएको जिकिर गरे।

गत वर्ष निर्वाचनमा आफू यस क्षेत्रका लागि नयाँ व्यक्ति भएका बेला यस क्षेत्रका जनताले पाँच हजारभन्दा बढी मतले विजयी गराएको उल्लेख गर्दै उहाँले अब आफूले यस क्षेत्रमा गरेको विकास निर्माणको कार्यका अधारमा यस क्षेत्रका जनताले १५ हजारभन्दा बढी मतले विजयी गराउनेमा आफू विश्वस्त भएको बताए। 

Metro Mart
worldlink

यस क्षेत्रबाट विजयी भएको अवस्थामा संसद्मा ताली बजाउने वा गुनासोबारे ध्यानाकर्षण गराउने नभई जनसरोकारका विषयमा प्रत्यक्ष तवरबाट निर्णय लिनसक्ने वा गराउन सक्ने पहुँच राख्ने उनले जानकारी दिए। विसं २०७४ मा आफूले प्रतिबद्धता गरेकोमध्ये ८० प्रतिशत कार्य पूरा गरेको भन्दै उहाँले अबको आफ्नो योजना स्वास्थ्य, शिक्षा क्षेत्रमा सुधार गरी गरिबी र बेरोजगारी हटाउनेतर्फ केन्द्रित रहेको बताए।

प्रकाशित: Oct 30, 2022| 21:05 आइतबार, कात्तिक १३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।