काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कात्तिक ७ गते सोमबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कात्तिक १३ गते आइतबार एक हजारले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको हो।
गत कात्तिक ७ गते सोमबारको तुलनामा आज कात्तिक १३ गते आइतबार तिहारपछि सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो। यस्तै चाँदीको मूल्य पनि घटेको छ।
गत कात्तिक ७ गते सोमबार प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको चाँदी आज तिहारपछि कात्तिक १३ गते आइतबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको हो।