काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२ रुपैयाँ २६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३१ रुपैयाँ र बिक्री दर १३१ रुपैयाँ ६० पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ८० पैसा र बिक्री दर १५२ रुपैयाँ ५० पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ४५ पैसा र बिक्री दर ८४ रुपैयाँ ८३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १५ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९१ पैसा र बिक्री दर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३५ रुपैयाँ २० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २४ पैसा र बिक्री दर ९ रुपैयाँ २८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर