मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुपन्देही-२ : जनमुक्तिका केशवलाई गठबन्धनको समर्थन, एमालेका पौडेल हराउने दाबी

रुपन्देही-२ : जनमुक्तिका केशवलाई गठबन्धनको समर्थन, एमालेका पौडेल हराउने दाबी

गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गठबन्धनले केशवलाई समर्थन गर्ने भएको हो।
 |  बुधबार, कात्तिक ९, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, कात्तिक ९, २०७९

बुटवल- रुपन्देही–२  मा सत्ता गठबन्धनले नेकपा एमालेका विष्णु पौडेलविरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ। गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि गठबन्धनले केशवलाई समर्थन गर्ने भएको हो। 

गुरुङको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उनको उम्मेदवारी खारेज गरेको थियो। आयोगले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले ३० गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै उम्मेदवारी कायम गरेपनि गत शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्वाचन आयोेगको निर्णय सदर गरेपछि सत्तागठबन्धनले विकल्प खोजेका थियो। रुपन्देहीमा विभिन्न चरणमा भएको छलफलपछि केन्द्रीय तहबाट जनमुक्ति पार्टीलाई सघाउने गरी निर्णय भएको छ। 

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने निर्णय गरेका हुन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवार नभएको भन्दै चर्चा भइरहेको बेला गठबन्धनले थापालाई समर्थन गर्ने निर्णयसँगै रुपन्देही २ मा फेरि चुनावी माहोल तात्ने भएको छ। जनमुक्तिका कार्यकारी अध्यक्ष समेत रहेका केशवले एक्लै लड्न तयार भएर मैदान ओर्लेका बेला ५ दलको समर्थन पाएपछि जित निकाल्न सहज हुने बताए। उनले एमालेका उपाध्यक्ष पौडेल भन्दा आफू अघि रहेको दाबी गरे।

प्रकाशित: Oct 26, 2022| 18:41 बुधबार, कात्तिक ९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।