मंगलबार, वैशाख १६, २०८२

जाजरकोटको नलगाड जलविद्युतको डीपीआर ६ वर्षमा पनि निर्माण भएन

३१ महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।
 |  मंगलबार, कात्तिक ८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ८, २०७९

जाजरकोट- ३१ महिनाभित्र डीपीआर पूरा गर्ने भन्दै जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको काम सुरु गरिएकामा ६ वर्ष बित्दासम्म काम पूरा हुन सकेको छैन।

सन् २०१६ मा ३१ महिनाभित्र आयोजनाको डीपीआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत् कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इञ्जीनियरिङ कर्पोरेशन (स्मेक), एमडब्ल्यूएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो।

पटक–पटक म्याद थप्दा पनि डीपीआरको काम पूरा नभएपछि जाजरकोटका बासिन्दा आक्रोशित भएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। विद्युत् उत्पादनगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भइरहेको छ। अब ३५५ मिटर सुरुङमध्ये अहिलेसम्म तीन सय ५२ मिटर मात्र खनिएको र बाँकी एक हप्ताभित्र पूरा हुने उक्त आयोजनाका इञ्जीनियर पदम थापाले बताए। 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन वन मन्त्रालयमा अध्ययन भइरहेको, स्मेकलाई डीपीआरको काम छिटो सक्न पटक–पटक म्याद थपेर काम गराइरहेको र असारसम्म त्यो सबै रिपोर्ट आइसक्ने उनले जानकारी गराए। उक्त नगरपालिकाको वडा ७ स्थित दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८को अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ।

उक्त नगरपालिकास्थित नलगाड खोला र ठूलीभेरीको दोभान नजिकै भूमिगत पावरहाउस निर्माण गरिने जनाइएको छ।  बारेकोटको अँधेरीखोलाबाट दल्लीसम्म साढे आठ किमी लामो मुख्य सुरुङ र दुईदेखि तीन किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बनाइने भएको छ। पाँच सय मिटर लामो र दुई सय ४८ मिटर अग्लो बाँध बनाइनेछ।

Metro Mart
worldlink

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुने बताइएको छ। आयोजनामा चारवटा टर्बाइन राखिने छन्। प्रत्येक टर्बाइनबाट १०४ दशमलव २५ मेगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाबाट एक वर्षमा एक हजार २३२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुन्छ।

आयोजनाबाट उत्पादित विद्युत् चार सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेशनमा जोड्ने योजना छ। आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किमी लामो प्रसारण लाइन निर्माण भइरहेको छ। आयोजनाले असर पर्ने क्षेत्रका बासिन्दालाई मुआब्जा वितरण गरिसकेको छ।

प्रकाशित: Oct 25, 2022| 17:50 मंगलबार, कात्तिक ८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।