काठमाडौं– डिसहोमले सञ्चालनमा ल्याएको १ वर्षको रिचार्ज गर्दा २४ महिने योजनाअन्तर्गत दूधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले १ लाख जितेकी छन्।
डिसहोमका ग्राहक नजिकैको डिलर दाइकहाँ गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउँछन्।
अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद १ लाख जित्ने सक्ने व्यवस्था छ।
डिसहोमका सेल्स अफिसर विजयराज पन्थी, हिकोला मिडिया सेन्टरका प्रोप्राइटर प्रशान्त चौधरीले विश्वकर्मालाई उक्त नगद रकमको चेक हस्तान्तरण गरेका थिए।