काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ७७ पैसा र बिक्री दर १३० रुपैयाँ ३६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ ७७ पैसा र बिक्री दर १५० रुपैयाँ ४५ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ १२ पैसा र बिक्री दर ८३ रुपैयाँ ५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६९ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८४ पैसा र बिक्री दर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ १७ पैसा र बिक्री दर १८ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ९८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर