काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सरको नयाँँ मोडलका बाइक एन२५० र एन१६० नेपाली बजारमा सार्वजनिक गरेको छ।
पावर र पफर्मेन्सयुक्त स्पोर्टी लुक भएका मोटरबाइक रुचाउने युवा पुस्ताका लागि यो बाइक डिजाइन गरिएको कम्पनीले बताएको छ।
कार्यक्रममा गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले नयाँँ मापदण्ड खडा गरेको बताए। कम्पनीले २ वटा बाइक लन्च गरेकाले बाइकिङ क्षेत्रको लागि पुनः नयाँँ मापदण्ड खडा गर्ने विश्वास उनको छ।
कम्पनीका अनुसार पल्सर एन२५०मा मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको हेर्दा अत्यन्तै आकर्षक देखिन्छ। यसको स्याटन ग्रे फिनिस एग्जस्ट र चौडा टायरले बाइकलाई झनै स्पोर्टी र स्टाइलिस लुक दिएको छ।
यो बाइकको २५० सिसीको डिटिएसआई ओइल कुल्ड एनजीनले २४Þ५ को पिएस स्मुथ पावर, २१Þ५ एनएमको टर्क र साथै यसको सिग्नेचर १० सेकेन्ड अड्रेनलिन रस दिन्छ।
यस्तै, कम्पनीले पल्सर एन१६० मा डुअल च्यानल एबिएस सिस्टम प्रयोग गरिएको छ, जुन योभन्दा अगाडिको मोडलमा प्रयोग गरिएको थिएन। यसमा १६५ सिसी बीएस६ इन्जिन, एलइडी प्रोजेक्टर हेडल्याम्प रहेका छन्।
यसमा बीएस्भीआइ कम्प्लायन्ट १६५ सिसीको इन्जिन प्रयोग गरिएको छ भने यसले ८७५० आरपीएममा १६ पिएसको पावर र ६७५० को आरपीएममा १४.६५ एनएमको टर्क निकाल्न सक्छ। यसमा ५ स्पिडको गियर बक्स छ।
नेपाली बजारमा यी बाइकको मूल्य क्रमश ४,८९९,०० र ३,७९,९०० रहेको कम्पनीले बताएको छ।