सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर सुविधा

तिहार तथा छठमा निःशुल्क मोबाइल बैंकिङ फन्ड ट्रान्सफर सुविधा

तिहार तथा छठ पर्व अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवद्र्घन गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– तिहार तथा छठ पर्व अवसरमा मोबाइलमा आधारित फन्ड ट्रान्सफरलाई थप प्रवद्र्घन गर्न कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआइपिएसमार्फत फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ।

७ देखि १३ कात्तिकसम्म रहने यो योजना चाडपर्वका बेला नगदको सट्टा मोबाइलमा आधारित फन्ड ट्रान्सफर गर्न थप प्रोत्साहन दिने उद्देश्यले एनसीएचएल, बैंक तथा वित्तीय संस्थाको समन्वयमा सो अफर लागू गरिएको हो।  

फन्ड ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ एपमा लग–इन गरी फन्ड ट्रान्सफर वा सेन्ड मनीमा क्लिक गरी फन्ड ट्रान्सफर गर्न कनेक्टआइपीएसलाई छनोट गर्नुपर्नेछ। क्नेक्ट आइपीएसकोे फन्ड ट्रान्सफर सुविधा ५० बढी बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा उपलब्ध रहेको छ ।

हाल मोबाइल बंैकिङमा रहेको कनेक्ट आइपीएसमार्फत प्रतिदिन प्रतिकारोबार २ लाखसम्मको फन्ड ट्रान्सफर गर्न सकिन्छ। कनेक्ट आइपीएसमार्फत चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ५८२ अर्ब बराबरको १ करोड १० लाख बढी भुक्तानी कारोबार फस्र्योट भइसकेको छ।


प्रकाशित: Oct 24, 2022| 12:51 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्