सोमबार, असार ३०, २०८२

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

बैंक सञ्चालक समितिको आइतबारको बैठकले राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गर्ने गरी आर्थिक वर्ष २०७८÷७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
 |  सोमबार, कात्तिक ७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ७, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिको आइतबारको बैठकले राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृतिपछि वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनस सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाखबराबरको बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख बराबरको नगद लाभांश शेयरधनीलाई वितरण गर्ने भएको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ३ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।  

कुल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब कर्जा लगानी रहेको बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाख बढी ग्राहकलाई सेवा दिँदै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।


प्रकाशित: Oct 24, 2022| 11:45 सोमबार, कात्तिक ७, २०७९
प्रतिक्रिया दिनुहोस्