काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सप्ताहव्यापी वार्षिक कार्यक्रम सम्पन्न गरेको छ। पाचौँ वार्षिकोत्सवको अवसरमा सुरु गरेको कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको हो। असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्म प्रधान कार्यालयलगायत विभिन्न शाखाले एक सातासम्म संस्थागत समाजिक उत्तरदायित्वका कार्यक्रम गरेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीले देशभरका २८ शाखामार्फत् रक्तदान कार्यक्रम चलाएर १०७३ पिन्ट रगत संकलन गरेको छ। ८ स्थानमा बीमा सचेतना सम्बन्धि र्याली प्रस्तुत गरेको कम्पनीले ११ स्थानमा वृक्षरोपण गरेको छ। ३० सार्वजनिक स्थल सरसफाइ गरी डस्टिबन वितरणसमेत गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनीका शाखाले योग र स्वास्थ्य शिविर, खाद्यान्न वितरण, ब्याड्मिन्टन प्रतियोगिता, ट्राफिक सचेतनालगायतका कार्यक्रमसमेत आयोजना गरेका थिए।
सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले कम्पनीले आफ्नो सेवालाई समयसापेक्ष परिमार्जन गर्दै उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने बताए।