बिहीबार, वैशाख १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • शेखरको निर्वाचन क्षेत्र पुगेर देउवाले भने- पार्टीभित्र विवाद छैन, गठबन्धनलाई जिताउन लाग्नुस्

शेखरको निर्वाचन क्षेत्र पुगेर देउवाले भने- पार्टीभित्र विवाद छैन, गठबन्धनलाई जिताउन लाग्नुस्

यसअघि डा शेखर कोइरालाले सभापति देउवा र आफूबीच कुनै विवाद नभएको बताएका थिए। मोरङ-६ का प्रतिनिधिसभा उम्मेदवार रहेका डा शेखरले पार्टीमा एकता बढेको बताएका थिए।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

विराटनगर- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डा शेखर कोइरालाको क्षेत्र मोरङ-६ पुगेर गठबन्धनको पक्षमा मत मागेका छन्। विराटनगरको मनास्लु होटेलमा आयोजित संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा कुनै विवाद नभएको भन्दै गठबन्धनको चुनाव चिन्हमा मत मागे। 

यसअघि डा शेखर कोइरालाले सभापति देउवा र आफूबीच कुनै विवाद नभएको बताएका थिए। मोरङ-६ का प्रतिनिधिसभा उम्मेदवार रहेका डा शेखरले पार्टीमा एकता बढेको बताएका थिए। 

मोरङ-६ प्रदेशसभा (१) मा माओवादी केन्द्रका जीवन आचार्य र २ मा कांग्रेसका केदार कार्की उम्मेदवार छन्। पार्टी र गठबन्धनबीच एकता देखाउन कोइरालाकै क्षेत्रमा भेला आयोजना गरिएको हो। 

सम्बोधनको क्रममा देउवाले रुख नभएको ठाउँमा हसियाहथौडा र कलममा भोट हाल्न निर्देशन दिए। अहिलेको गठबन्धन १२ बुँदे सहमतिदेखि गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल र माधव नेपालले सुरु गरेको बताए। त्यही बेलादेखि सुरु भएको गठबन्धनले अहिलेसम्म निरन्तरता पाएको उनले दाबी गरेका थिए। 

स्थानीय निर्वाचनमा जस्तो अहिलेको चुनावमा कुनै द्विविधा नरहेको बताउँदै उनले जुनसुकै हालतमा गठबन्धनले जित्न आवश्यक रहेको बताए। अहिले टिकट नपाएका कार्यकर्तालाई आश्वासन दिँदै उनले भने, 'गठबन्धनले जित्यो भने धेरै अवसर आउँछ। पार्टीमा हामी सबै मिलेका छौं। ओलीजीले पनि गठबन्धन गरेका छन्, त्यसैले गठबन्धनलाई जिताउन लाग्नुस्।'

Metro Mart
worldlink

प्रकाशित: Oct 23, 2022| 18:27 आइतबार, कात्तिक ६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।