काठमाडौं- अरुण काबेली पावर लिमिटेडले लाभांश पारितका लागि कात्तिक ३० गते साधारण सभा बोलाउने निर्णय गरेको छ। कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
साधारणसभाले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ।
कात्तिक ३० गते साधारणसभा बोलाएको कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ। कात्तिक १७ गते सम्म कायम सेयरधनीले लाभांश पाउनेछन्।