सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइडियल यमुनालाई छैन तरलता समस्या, १५ प्रतिशत लाभांश पारित

आइडियल यमुनालाई छैन तरलता समस्या, १५ प्रतिशत लाभांश पारित

शनिबार सम्पन्न भएको सहकारीको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ।
 |  आइतबार, कात्तिक ६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ६, २०७९

काठमाडौं- बैंक, वित्तीय संस्था र सहकारी संस्थाले तरलता व्यवस्थापन गर्न नसकिरहेका बेला आइडल यमुना बहुदेश्यीय सहकारी संस्थालाई तनाव नभएको देखिएको छ। कात्तिक २ गतेसम्मको विवरणअनुसार सहकारीमा २९ प्रतिशत तरलता छ। यो पर्याप्त भएका कारण बचतकर्ताले चाहेको बेला रकम लिन सक्ने अवस्था रहेको सहकारीको विवरणले देखाएको हो।

सहकारीका अध्यक्ष कुयाङ लामाले समुदायमा आधारित र राम्रो व्यवस्थापन गर्न सकेका कारण सहकारीहरुलाई तरलता अभावको असर नपरेको दाबी गर्छन्। सहकारीको २३औँ वार्षिक साधारणसभामा बोल्दै लामाले अरू सहकारीमा तरलता समस्या आउने बित्तिकै आफ्नो सहकारीमा समस्या नआओस् भनेर चनाखो भई व्यवस्थापनमा लागेको र आफूहरू त्यसमा सफल भएको बताए। 

'असार मसान्तसम्ममा हाम्रो सहकारीमा २२ प्रतिशत तरलता थियो। त्यत्ति धेरै तरलता हुँदा पनि भविष्यमा तरलताको अभाव खेप्न पर्ने हो कि भनेर थप तरलताको जोहो गरेका थियौँ। सदस्यहरुले विश्वास गरी निक्षेप थप्दै जान थालेपछि अहिले २९ प्रतिशत तरलता पुगेको छ। यो सबै सदस्यहरुले सहकारीप्रति देखाएको माया हो,’ उनले भने। 

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तिय संस्थासँग न्यूनतम २० प्रतिशत तरलता हुनुपर्छ। सहकारी विभागले जारी गरेको निर्देशनमा पनि कुनै पनि सहकारीमा १० प्रतिशतभन्दा माथि तरलता हुनुपर्छ। 

१५ प्रतिशत लाभांश पारित
शनिबार सम्पन्न भएको सहकारीको वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र नगद लाभांश गरी १५ प्रतिशत लाभांस दिने जनाएको छ। गत आवमा संस्थाले ६३ लाख ५० हजार १५९ रुपैयाँ नाफा कमाएको विवरणले देखाएको छ। साधारणसभाले बाग्मती प्रदेशभर सदस्य काउन्टर विस्तार गर्ने, एकीकरणका लागि संचालकलाई पूर्ण अधिकार दिनेलगायतका १३ वटा प्रस्ताव पनि पारित गरेको छ। 

चालु आर्थिक वर्षमा सेयरपुँजी ४० करोड पुर्‍याउने, ४ अर्ब ५० करोड बचत संकलन गर्ने, २५ हजार सदस्य संख्या पुर्‍याउने लक्ष्य राखेको छ। 

गत आर्थिक वर्षमा संस्थाको सेयरपुँजी १ करोड ५० लाख ७४ हजार ३ सयले वृद्धि भएको छ। निक्षेप ३ अर्ब ४७ करोड, ७७ लाख ७ हजार ९८३, कर्जा तथा सापटी २ अर्ब ४९ करोड ७३ लाख १५ हजार ६९३ रुपैयाँ रहेको सहकारीले जानकारी दिएको छ। संस्थाका सदस्य २१ हजार छन्। 

प्रकाशित: Oct 23, 2022| 17:45 आइतबार, कात्तिक ६, २०७९
प्रतिक्रिया दिनुहोस्