काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ९९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५९ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ६४ पैसा र बिक्री दर १२९ रुपैयाँ २२ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६ रुपैयाँ ९३ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५७ पैसा र बिक्री दर १३१ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ५७ पैसा र बिक्री दर ८२ रुपैयाँ ९४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५९ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०२ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७४ पैसा र बिक्री दर ८ रुपैयाँ ७८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २२ पैसा र बिक्री दर १८ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १२ पैसा र बिक्री दर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर २७ रुपैयाँ ९८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ १५ पैसा र बिक्री दर ९ रुपैयाँ १९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर