सोमबार, असार ३०, २०८२

तिहारलाई साढे २ अर्बको भाइमसला आयात

आव २०७८/८९ मा को २ महिनामा २ अर्ब ५५ करोड ८३ लाख ३९ हजार रुपैयाँको तिहार लक्षित सामान आयात भएको हो।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

काठमाडौं– तिहारका लागि आवश्यक पर्ने भाइमसला आयात हालसम्म साढे २ अर्ब रुपैयाँको भएको भन्सार विभागले बताएको छ। 

विभागको तथ्यांकअनुसार आव २०७८/८९ मा २ अर्ब  ५५ करोड ८३ लाख ३९ हजार रुपैयाँको तिहार लक्षित सामान आयात भएको हो। तिहारमा बढी खपत हुने नरिवल, काजु, सुकमेल, ल्वाङ, छोकडा, पेस्ता, किसमिस, बदाम, ओखर, मिस्रीलगायतका सामान आयात हुने गरेको छ। 

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा ९६ करोड ४४ लाख ५ हजारको मसला आयात भएको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा भाइमसला दिने हुँदा बजारमा यसको खपत धेरै हुने गर्छ। 

स्थानीय उत्पादनले बजार माग धान्न नसक्ने र बजारमा खपत धेरै हुने हुँदा भारत, चीन, भियतनाम, अमेरिका, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डलगायतका मुलुकबाट तिहारलाई आवश्यक पर्ने सामान आयात हुने गरेको छ।

प्रकाशित: Oct 22, 2022| 11:22 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्