मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • अकासियो महँगी, आर्थिक वर्षको दोस्रो महिनामा ८.६४ प्रतिशतको मुद्रास्फीति

अकासियो महँगी, आर्थिक वर्षको दोस्रो महिनामा ८.६४ प्रतिशतको मुद्रास्फीति

चालू आर्थिक वर्षको दोस्रो महिनामा मूल्यवृद्धि निकै उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं– चालू आर्थिक वर्षको दोस्रो महिनामा मूल्यवृद्धि निकै उच्च रहेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ८.६४ प्रतिशत पुगेको छ। यद्यपी सरकारले बजेट मार्फत ७ प्रतिशतमा मुद्रास्फीतिलाई सीमित गर्ने लक्ष्य राखेको थियो।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको छ।

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ अन्तर्गत फलफूलको १७.२९, घ्यू तथा तेलको १४.५३, रेष्टुरेण्ट तथा होटलको १२.३० प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ र तरकारीको ९.९४ मूल्यवृद्धि भएको छ। २०७९ भदौमा वार्षिक बिन्दुगत आधारमा थोक मुद्रास्फीति १४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा महिनामा उपभोग्य वस्तुको १२.९१ प्रतिशत, मध्यवर्ती वस्तुको १५.९३ प्रतिशत र पुँजीगत थोक वस्तुको  मूल्यवृद्धि ६.३६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १९.३६ प्रतिशत रहेको छ। 

प्रकाशित: Oct 21, 2022| 12:32 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्