मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ।
 |  शुक्रबार, कात्तिक ४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ४, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा र बिक्री दर १३० रुपैयाँ १६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८७ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ६७ पैसा र बिक्री दर १३२ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३२ पैसा र बिक्री दर ८३ रुपैयाँ ७० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७५ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८२ पैसा र बिक्री दर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ १५ पैसा र बिक्री दर ३५ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ०७ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ २९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।  -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 21, 2022| 07:23 शुक्रबार, कात्तिक ४, २०७९
प्रतिक्रिया दिनुहोस्