बिहीबार, वैशाख १८, २०८२

प्रदेश १ : नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा छैटौं

प्रदेश १ ले पोखरामा सम्पन्‍न नवौं राष्ट्रिय खेलकुदमा १० स्वर्णसहित ७९ पदक जितेको छ। पदक तालिकाको छैटौं स्थानमा पुगेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

विराटनगर- प्रदेश १ ले पोखरामा सम्पन्‍न नवौं राष्ट्रिय खेलकुदमा १० स्वर्णसहित ७९ पदक जितेको छ। पदक तालिकाको छैटौं स्थानमा पुगेको छ। 

सफ्ट टेनिसमा मोरङका युकेश योञ्जनले तीन स्वर्णसँगै पौडीतर्फ विकास कुमालले २, आइटीएफ तेक्वान्दोतर्फ कुसुम राजवंशी, रोशन मगर, वीरबहादुर तामाङ, बक्सिङतर्फ तृषा जगेबु, शारीरिक सुगठनतर्फ अवतार श्रेष्ठले समान १-१ स्वर्णपदक प्रदेश १ लाई दिलाएका छन्। 

पदक तालिकाको छैटौं स्थानमा उक्लिएको प्रदेश १ ले सुदूरपश्चिम प्रदेश, एनआरएनए, मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलाई पछाडि राखेको छ। शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले १७२ स्वर्ण, १०९ रजत र ८९ कास्यसहित कुल ३७० पदक प्राप्त गरेको छ।

आटौं खेलकुदमा ९ स्वर्णसहित ८७ पदक जोडेर सातौं स्थानमा रहेको प्रदेश १ यसपटक १० स्वर्णसहित ७९ पदकसहित छैटौं स्थानमा उक्लिएको हो। प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले विभिन्‍न आरोह-अवरोहका बाबजुद नवौंमा खेलाडीको प्रदर्शन र टोली  पदक तालिकाको छैटो स्थानमा रहनु सन्तोषप्रद रहेको प्रतिक्रिया दिए। 

सदस्यसचिव वाग्लेले पदक नतिजामा सन्तुष्ट हुने अवस्था नभए पनि समग्रमा खेलाडी र प्रशिक्षकको लगन र मेहनतबाट बोर्ड उत्साहित भएको बताए। यसपटक भएका कमीकमजोरीलाई आगामी दिनमा समीक्षा गर्दै प्रदेश सरकारबाट प्राप्त बजेटलाई खेलाडीको सहभागिता र प्रदर्शन हेरिकन अघि बढ्ने जानकारी दिए। दक्ष जनशक्तिको अभाव, खेलाडीको तयारीमा कम समय लगायतले समग्रमा प्रभाव पारेको उनको भनाई  छ। 

Metro Mart
worldlink

सफ्ट टेनिसमा ३ वटा स्वर्ण जितेका युकेश योञ्जनले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न त्यही अनुसारको तयारि हुनुपर्नेमा जोड दिए। योञ्जनले भने, ‘राष्ट्रिय खेलकुदमा स्वर्णपदक हात पार्ने सबै खेलाडीको चाहना हुन्छ। तर मेहनत गर्नुपर्छ। खेलाडीलाई पनि सम्बन्धित निकायले हेर्नू पर्छ। समय-समयमा खेलकुदका गतिविधि गरिरहनुपर्छ। जसले गर्दा हामी पनि जस्तोसुकै अवस्थामा विपक्षीसँग भिड्न तयार हुन्छौं।’

प्रकाशित: Oct 20, 2022| 19:16 बिहीबार, कात्तिक ३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।