मंगलबार, असार ३१, २०८२

एमआईको तिहार अफर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरू ल्याएको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं-  ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरू ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेडमी, वा पोको फोनको खरिदमा मी टीभी फोएप्रो ३२  जित्ने मौका पाउनेछन्।

यसै अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडा भन्छन्, 'नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं। तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं। यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरूका लागि मी को टिभी जित्ने अफर ल्याएका छौं।'

अफर अन्तर्गत कुनै पनि शाओमी, रेडमी, वा पोको फोनको खरिदमा ग्राहकहरूले मी टीभी फोएप्रो ३२  जित्ने मौका पाउनेछन्। लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आइएमइआइ नम्बर पठाउनु पर्ने कम्पनीले जनाएको छ। प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत मी टीभी फोएप्रो ३२” टिभी जित्ने मौका पाउनेछन्। यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ।


प्रकाशित: Oct 20, 2022| 15:59 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्