बुधबार, वैशाख १७, २०८२

अखिल भारत नेपाली एकता समाजद्वारा प्रवासीलाई मताधिकारको माग

समाजले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा असन्तुष्टि जनाएको हो।
 |  मंगलबार, कात्तिक १, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १, २०७९

बुटवल- अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको प्रयोग गर्न पाउनुपर्ने माग गरेको छ। समाजले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समय सम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यन्वयन नभएकोमा असन्तुष्टि जनाएको हो। 

राष्ट्रिय जनमोर्चा समन्वय समितिका महासचिव लाल बहादुर जाग्रीले भारतमा लाखौं नेपालीहरु रहेकाले उनीहरुलाई मताधिकारको व्यवस्था गर्न माग गरे। उनले यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी गराउन सरकारसँग माग गरे। 

एकता समाजका अध्यक्ष देव बहादुर लामिछानेले भारतमा रहेका नेपालीहरुको सुरक्षा अवस्था दयनीय रहेको बताए। 'नेपालीहरुले कमाएको धन सम्पातिको सुरक्षा हुन नसक्दा नेपालीहरु पीडित छन। त्यसका लागि सरकारले राज्य स्तरबाटै उचित कदम चाल्नु पर्ने आवश्यकता छ,’ उनले भने। 

भारतमा काम गर्ने मजदुरहरुका लागि सहज बैँकिङ सुविधा नहुँदा हुन्डीको मारमा पर्ने गरेको उनले बताए। एकता समाजले भारतमा काम गर्ने मजदुरहरु, विरामी भई उपचार गर्न जानेहरू र अध्यानका लागि भारत गएका विद्यार्थीहरुलाई लक्षित गरी सहज बैँकिङ कारोवारका लागि राज्य स्तरबाट पहल कदमी लिन माग गरेको छ। 

एकता समाजका महासचिव महेन्द्र बस्यालले भारतद्धारा अतिक्रमण गरेको भूमि फिर्ताका लागि ठोस रुपमा कुटनीतिक पहल  लिन सरकारसँग माग गरे। नेपालमा हालसालै निर्माण सम्पन्न भएका गौतम बुद्ध विमान स्थल तथा पोखरा विमान स्थलमा भारतबाट सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ। 

Metro Mart
worldlink

भारतबाट सीधा उडान भएमा दुवै देशका जनतालाई परस्पर लाभ हुने र नेपालको पर्यटनमा सहयोग पुग्ने समाजले विश्वास लिएको छ। राष्ट्रिय जनमोर्चा समेत समेल भएको पाँच दलीय गठबन्धनको सरकारले गरेका राष्ट्रघाती कामहरु एमसीसी संझौता, र नगरिकता विधेयकलगायतलाई खारेज गर्नु पर्नेमा समाजको जोड छ।  

प्रकाशित: Oct 18, 2022| 20:42 मंगलबार, कात्तिक १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।